काठमाडौं । लुम्बिनी प्रदेशको एमाले सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
तत्कालिन नेकपाबाट निर्वाचित सांसद वली पार्टी अलग अलग भइसकेपछि आफू माओवादी केन्द्रमा रही काम गर्न चाहेको बताउँदै माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
त्यससँगै मुख्यमन्त्री शंकर पोखरेललाई सरकार गठनका लागि बहुमत गुग्ने खतरा देखिएको छ ।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै केन्द्रको राजनीति समेत तातेको छ । यसैबीच एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । बैठकमा लुम्बिनी प्रदेशको बारेमा नै छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया