सकियो एमालेको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आकस्मिक बसेको स्थायी कमिटी बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लुम्बिनी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

आज लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै केन्द्रको राजनीति समेत तातेको छ । त्यसै विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको थियो । बैठकमा उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?