काठमाडौं । शनिवार साँझा दाङमा कारभित्र मृत भेटिएका तीन बालकहरु अक्सिजनको अभावमा निस्सासिएर ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
पार्किङमा राखिएको भारतीय नम्बर प्लेटको कारमा तीन बालकहरुको निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
शनिवार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार पार्किङमा राखिएका कारको ढोका खुल्लै भएको र उनीहरु भित्र पसेपछि ढोका बन्द भइ निस्सासिएर उनीहरुको मृत्यु भएको बताउँदै गम्भीरतापुर्वक अनुसन्धान गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया