काठमाडौं । नेपालमा पछिल्ला केहि दिनमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार एक हप्तामा नेपालमा ३९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार गत आइतवारदेखि आज सम्ममा ३९ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हप्तामा कुन वार कति थपिए संक्रमित ?
आइतवार ३ हजार ३२ जना
सोमवार ३ हजार ४ सय ४२ जना
मङगलवार ४ हजार ३ सय ६४
बुधवार ४ हजार ७ सय ७४
बिहीवार ४ हजार ८ सय ३१
शुक्रवार ५ हजार ६ सय ५७
शनिवार ५ हजार ७ सय २७
आइतवार (आज) ७ हजार २ सय ११ जना
मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमित सख्या सबै भन्दा बढि काठमाडौंमा रहेको छ । काठमाडौं शनिवारसम्मको तथ्यांक हेर्ने हो भने मात्र अहिले सम्म १ लाख २२ हजार १४ संक्रमित रहेका छन्। त्यसपछि ललितपुरमा १९ हजार ८ सय २७, मोरङमा १४ सय ५ सय ९० रुपन्देहीमा १३ हजार ५ सय ६८, भतmपुरमा ११ हजार १ सय ८ रहेका छन् । त्यसैगरी बाँकेमा १० हजार ३ सय १५, कास्कीमा १० हजार १ सय ८०, चितवनमा ९ हजार ७ सय २३, सुनसरीमा ९ हजार ७ सय ६ र कैलालीमा ७ हजार ३ सय ९२ जना कोरोना संक्रमित रहेको छन् ।
यी १० वटा जिल्ला अहिले सम्मकै सबै भन्दा बढि कोरोना प्रभावित जिल्लाहरु हुन्। यी जिल्लाहरुमा बिरामीको चाप अत्याधिक मात्रामा बढ्दै गएपछि उपचार गर्ने बेडहरुको अभाव भएको छ स्वास्थ्य सामाग्रीको अभाव भएर कतिपय बिरामीले समयमा उपचार नपायर अकालमै ज्यान गुमाइरहेका छन्। पर्याप्त मात्रामा अक्सिजन नभएर कतिपय बिरामी अस्पताल भर्ना नै पनि हुन नपाएको खबरहरु आइरहेका छन् । कतिपय ठाउँहरुमा त संक्रमितको संख्या दिनहु बढ्न थालेपछि अस्पतालबाट बिरामीलाई घर फर्किन समेत थालेका छन् ।
नेपालमा भुसको आगोसरी फैलिन थालेपछि बिहीवारबाट बल्ल काठमाडौं उपत्यकासहित केहि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
अघिल्लो वर्ष नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि चैत्र ११ गतेबाट देशव्यापी रुपमा लकडाउन गरिएको थियो । सुरुमा १ हप्ता २ हप्ता भन्दा भन्दै ४ महिना जति देशव्यापि रुपमा लकडाउन भयो तर त्यो ४ महिना बिचमा खासै नेपालमा संक्रमण देखिएन। जब लकडाउन बिस्तारै खुकुलो हुन थाल्यो दैनिक संक्रमण दर ह्रवातै बढ्न थालेको थियोे । त्यसपछि फेरी लकडाउन थपिएको थियो ।
दैनिक ५००० संक्रमीतबाट घट्दै क्रमश दैनिक १००० भन्दा कम् हुदै १०० को हाराहारीमा आइसकेको संक्रमितको सँख्या एकैपटक चोटी बढेर २००० । ३००० हुदै अहिले झनै ६००० को छेउछाउमा पुग्न थालेको छ ।
पहिलाको तुलनामा मृत्यु हुनेको संख्या पनि ह्वातै बढेको छ । पहिलो चरणको कोरोना भन्दा नँया भेरियन्ट ज्यादै डर लाग्दो रहेको अनुमान गरिएको छ । नेपालमा मृत्युदर पनि ठुलो मात्रामा बढिरहेको छ ।
अघिल्लो लकडाउन र मित्रराष्ट्र भारतबाट पाठ सिक्दै कोरोना नियन्त्रणमा नलाग्ने हो भने नेपालमा केही हप्तामा नै कोरोना संक्रमणको स्थिति भारतको हालतमा पुग्ने देखिन्छ । उपत्यकामा लकडाउन गरेपछि मानिसहरु गाउँ गाउँ पुगेका छन् । उनीहरुलाई न क्वारेन्टाइनमा राखिएको छ न सामाजिक दूरि नै कायम । देशभर हेर्ने हो भने क्वारेन्टाइनमा बस्नेको संख्या एक सय पनि नभएको सरकारी तथ्यांकले देखाएको छ ।
त्यसो त नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १ सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकैदिन ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २७ सय ४४, भक्तपुरमा ३ सय १ र ललिपुरमा ५५० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् । हालसम्म नेपालमा ८४ दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् । त्यस्तै हाल ४८ हजार ७ सय ११ सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया