काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकको नयाँ आधिकारिक वेबसाइट (https://www.siddharthabank.com) संचालनमा ल्याएको छ ।
आफ्नो वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहक मैत्री बनाई आम ग्र्राहकहरुलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उदेश्यले नयाँ वेबसाइट आजैबाट संचालनमा ल्याएको हो ।
बैंकले आधुनिक र नविनतम प्रविधी प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरि विकास गरिएको छ भने ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढङ्गले सम्बोधन गर्न Chat, Helpdesk /Quick Dial जस्ता एप्लिकेशनहरु राखिएका छन् ।
त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा समेत शुरुवात गरेको जनाएको छ ।
आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै जाने विषयमा बैंकले प्रतिवद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया