काठमाडौं । सरकारले विश्वासको मत लिनका लागि संसद बैठक आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गतेका लागि संसद अधिवेशन बोलाउनका लागि सिफारिस गरेका थिए ।
त्यसैको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेकी छिन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया