बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आजै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले आजै राति ८ बजे सपथ लिएका हुन् ।
पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए । राजिनामा लगत्तै उनलाई पुनः मुख्यमन्त्री नियुक्त गरिएको थियो ।
विपक्षी दलहरुले पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएका भएपनि कडा सुरक्षा पहराकाबीच सपथ गराईएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया