काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) बाट बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका छन् ललितपुरका प्रदीप हुमागाँई। ललितपुर सिटी एफसीले ४ खेलमा जित निकाल्न नसक्दा प्रशिक्षक हुमागाँईसँग सम्बन्ध तोडेको हो।
ललितपुरले आज (आइतवार) पोखरासँग फेरि बराबरी खेलेपछि प्रशिक्षणको जिम्मा सहायक प्रशिक्षक राजु तामाङलाई दिँदै हुमागाँईलाई विदाई गरेको हो।
ललितपुर ४ खेलमा ३ अंकसहित छैटौं स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया