काठमाडौं। सिरी-ए अन्तर्गत गए राती खेलिएको खेलमा युभेन्टसले उडिनेसेलाई २-१ गोलले पराजित गरेको छ।
उडिनेसेको घरेलु मैदानमा खेलिएको खेलको १०औं मिनेटमा नै घरेलु टोलीले नाहुल मोलिनाको गोलबाट अग्रता लिएको थियो।
पहिलो हाफको खेल बराबरीमा सकिँदा दोस्रो हाफको ३५ मिनेटसम्म पनि युभेन्टस खेलमा फर्किन सकेको थिएन। युभेन्टसको मसिहा बन्दै क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम १० मिनेटमा २ गोल गरेपछि युभेन्टसले जित हासिल गरेको हो।
८३ औं मिनेटमा पेनाल्टीमार्फत युभेलाई खेलमा फर्काएका रोनाल्डोले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
आफ्नो ९ वर्षदेखिको लिग उपाधि इन्टर मिलानलाई सुम्पिसकेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। सन् २०१२ देखि लिग उपाधिमा पकड राखेको युभेन्टसले यो सिजन भने त्यति राम्रो खेल्न सकेको छैन। यद्यपि लिगमा अहिलेसम्म २७ गोल गरिसकेका रोनाल्डो ‘टप स्कोररको’ रेसमा भने अग्रपंक्तिमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया