काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार बिहान आएको रिपोर्टमा प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता शर्माले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र सोमवार बिहान पोजेटिभ रिपोर्ट आएको बताएका छन् । उनले भने- ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l’
त्यस्तै हाल होम आइसोलेसनमा बसेको र चिकित्सकको सल्लाहमा औषधी सेवन गरिरहेको बताए । लक्षणले च्यापेपनि आफ्नो मनोबल उच्च भएको समेत उनले जानकारी दिएका छन् ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया