निषेधाज्ञामै ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक जना पक्राउ

लोकपथ
665
Shares

काठमाडौं । जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानले ती बालिकालाई बिहीवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?