काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि कोरोनाको प्रभाव देखिएको छ।
कोलकाता नाईट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि आज हुने बैंगलोर र कोलकाता बिचको खेल रद्द भएको छ। कोलकाताका स्पिनर वरुण चक्रवर्ती र तेज गतिका बलर सन्दिप वारियरमा कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम आजतकले जनाएको छ ।
आईपीएल को १४औं संस्करणको आज हुन लागेको ३०औं खेलमा कोरोना प्रभाव परेको छ। खेलाडीहरुलाई ‘बायो बबल’ मा राखे पनि कोरोनालाई रोक्न नसकेको देख्न सकिन्छ।
आजको खेल कोलकाता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बिच अहमदाबादमा खेलिने कार्यक्रम रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया