काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।
संघको सक्रियतामा निर्माण भएकोगोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो ।
पन्तलाई कोरोना संक्रमण पछि अक्सिजन कमिर ज्वरो बढेको थियो । कोरोना संक्रमणपश्चात अध्यक्ष पन्त होम आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया