कोरोना संक्रमितको मद्दतमा सचिन तेन्दुलकर, गरे १ करोड रुपैयाँ दान

काठमाडौं।  भारतमा कोरोनाको कहर डरलाग्दो छ। अस्पतालमा शैया र अक्सिजन दुवैको कमी छ। दिनहुँ कम्तीमा पनि ३ लाख ५० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भइरहेको अवस्था छ।

यसै बिच मद्दतको हात बढाउन आएका छन् पूर्व भारतीय क्रिकेटर, सचिन तेन्दुलकर। भारतीय क्रिकेटका ‘लेजेण्ड’ सचिन तेन्दुलकरले देशमा कोरोनाको महामारीमा सरकारलाई साथ दिन १ करोड रुपैयाँ दान स्वरूप दिने निर्णय गरेका छन्। देशमा अक्सिजनको अभाव भएसँगै उनले आफूले दान गरेको रकमबाट ‘अक्सिजन कन्सन्ट्रेटर’ किन्न सहयोग हुने बताएका छन्।

कोरोनाका कारण आफू पनि केही समय अगाडि अस्पताल भर्ना भइसकेका ४८ वर्षीय तेन्दुलकरले ट्विटर मार्फत आफ्नो सहयोगको जानकारी दिएका हुन्।

यो भन्दा अघि इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्सले पनि कोरोनाको लडाईँको लागि ७.५ करोडको सहयोग गरिसकेको छ भने पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी ब्रेट लीले पनि ४० लाख रुपैयाँ दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?