प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले सोमवार (आज) दिउँसो साढे ३ बजे देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

कोरोना महामारी बढिरहेको बेला प्रधानमन्त्री ओलीले त्यसबारे सजग रहन आग्रह गर्न देशबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकपथलाई जानकारी दिए ।

“साढे ३ बजे प्रधानमन्त्री ज्यूले देशबासीको नाममा सम्बोधन गर्न लाग्नु भएको छ । विषय त्यहि कोरोनाबाट आक्रान्त भइरहेको समयमा सम्पूर्ण देशबासीलाई सुरक्षित रहनुस् भन्ने हुनेछ ।” उनले भने ।

ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?