प्रधानमन्त्री ओलीले भने- ‘औषधी र अक्सिजन कालोबजारी गर्नेलाई कारवाही गरिन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला विभिन्न औषधीहरुको कालोबजारी र कृतिम अभाव गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् ।

आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

महामारीका बेला औषधीमा हुने कृतिम अभाव अन्त्य गर्न र बजार अनुगमन समेत बढाइएको प्रधानमन्त्री ओलीले बताए ।

“औषधीको कृतिम अभाव गर्ने र कालोबजारी गर्नेलाई कारवाही गरिनेछ ।” प्रधानमन्त्री ओलीले भने ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै अक्सिजनको अभाव हुँदै गएकाले त्यसको कालोबजारी गर्नेहरुलाई कारवाही गरिने समेत बताए ।
उनले भने- “लिक्वीड अक्सिजनको कालोबजारी गर्नेलाई कारवाही गरिनेछ ।”

त्यस्तै महामारीको बेला सरकारले जनतालाई भोकै मर्न नदिनेमा प्रतिवद्धता व्यक्त गरेको बताए ।

त्यस्तै निषेधाज्ञाको चेन ब्रेक गर्न सरकारले जारी गरेको निषेधाज्ञाको उचित पालना गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?