स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, परिवारलाई बीमा र उपचारको व्यवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन् ।

आज देशबासीको नाममा सम्बोधन गर्र्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको आधारमा ५० प्रतिशत जोखिम भत्ता दिने बताए ।

त्यस्तै श्वास्थ्यकर्मीका परिवारको समेत कोरोना बीमा र उपचारको गरिने व्यवस्था समेत गरिएको बताए ।

यसैगरी स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने पनि ओलीले बताएका छन् ।

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजन र औषधीको कालोबजारी गर्नेहरुलाई कारवाही गरिने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?