गण्डकी र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख, पौडेल र यादव नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई नियुक्त गरेकी हुन् ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

आजको बैठकले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरु अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । त्यसै अनुसार राष्ट्रपति भण्डारीले दुवै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

त्यस्तै नवनियुक्त प्रदेश प्रमुखहरुको आज नै पद तथा गोपनियताको सपथ हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?