काठमाडौं । आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय हो ।
सोमवार (आज) राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले त्यसबारे जानकारी दिएको हो ।
नयाँ पारिश्रमिक दरअनुसार अब श्रमिकले ९ हजार ३८५ रुपैयाँ आधारभूत र ५ हजार ५१५ रुपैयाँ महंगीभत्ता गरी कूल १५ हजार रुपैयाँ मासिक न्यूनतम पारिश्रमिक रहेको छ ।
त्यस्तै दैनिक ज्यालादारीको हकमा ३६१ रुपैयाँ आधारभूत र २१६ रुपैयाँ महंगीभत्ता गरी ५७७ रुपैयाँ पारिश्रमिक तोकिएको राजपत्रमा भनिएको छ ।
मे १ तारिखमा विश्व श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए ।
त्यसै अनुसार मन्त्रालयले न्यूनतम पारिश्रमिक दिने निर्णय गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया