सभामुख सापकोटाद्धारा संसद भवन निरिक्षण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनको प्रतिनिधि सभा बैठक कक्षको अवलोकन गरेका छन् ।

सभामुख सापकोटाले सोमबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका हुन् । उनले सुरक्षितपूर्वक संघीय संसदको बैठक सञ्चालन एवं स्वास्थ्य सुरक्षा मापदण्डका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल समेत गरेका छन् ।

सभाहल तथा सिट व्यवस्थापनको संयुक्त निरिक्षण गरेको सभामुख सापकोटाको अफिसियल फेसबुक पेजबाट जानकारी गराईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?