उपत्यकाका तीन सीडीओहरुको बैठक बस्दै, कोरोना नियन्त्रणबारे थप निर्णय हुने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलवार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधवार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।

निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?