काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई मंगलवार (आज) कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनी हाल आफ्नै निवासमा होम आइसोलेसनमा बसिरहेको स्रोतले जनाएको छ ।
आज नै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको छ । निषेधाज्ञालाई थप कडाइ बनाउने विषयमा छलफल गर्न बैठक बसिरहेको ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया