सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ ।
उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।
सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
े
उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया