काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
गत वर्षको जेठ २५ गते दाहाललाई अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस गरिएको थियो ।
दाहाल पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत नियुक्त भएका हुन् ।
उनलाई सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकारको निर्णयको बारेमा जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया