उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने प्रशासनको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यअसघि सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको थियो । तर जोखिम थप भएपछि आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसको समयसीमा थप गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?