काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उपचाररत अस्पतालले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत छन् ।
खनालमा कोरोना संक्रमण भएपछि शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया