सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो ।

यसअघि बसेको माओवादी केन्द्रको बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको थियो ।

त्यसै अनुसार आजको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्रको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

उनका अनुसार भोलि संघीय संसद सचिवालयमा सो सम्बन्धी पत्र दर्ता गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?