काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको विरोध गरेको छ ।
काग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलवार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै विरोध गरेको हो ।
वैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलापमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया