काठमाडौं । भारतमा पेट्रोल र डिजेलको बुधवार पुनः मूल्यवृद्धि भएको छ ।
मंगलवार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।
बुधवार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०।७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।
भारतीय तेल कम्पनीहरुले मंगलवार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलवार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया