बढ्यो कोरोना जोखिम : काठमाडौं उपत्यकामै थपिए ४८ सय २५ संक्रमित, कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यामा मात्रै झण्डै ५ हजार कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर एकैदिन कोरोना संक्रमणको कारण ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो हासम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २० हजार ७ सय ५६ र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गरिएको थियो । जसबाट

पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै हालसम्म देशभर ६६ हजार ३ सय ५२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९९३ कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?