कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य अवस्था सुधार, आइसियूबाट वार्डमा सारियो

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत कोरोना संक्रमित पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो ।

उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?