केएमसी र ह्याम्सलाई प्रशासनको स्पष्टीकरण, अस्पताल भन्छ- ‘सरकारसँगकै सहमतीमा शुल्क निर्धारण’

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि चर्को शुल्क निर्धारण गरेका निजी अस्पतालहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं स्पष्टीकरण सोधेको छ ।

महामारीको समयमा सर्वसाधारणलाई चर्को शुल्क निर्धारण गर्दै बिरामीलाई बेड उपलब्ध गराउने कुरा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले त्यसबारे स्पष्टीकरण सोधेका हुन् ।

बुधवार काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पतालका व्यवस्थापकलाई स्पष्टीकरण सोधिएको काठमाडौंका सीडीओ पराजुलीले लोकपथलाई जानकारी दिए ।

आज भएको छलफलका क्रममा उनीहरुलाई त्यसबारे सोधिएको र उनीहरुले भने सरकारसँग भएको सम्झौताका आधारमा नै उक्त शुल्कहरु निर्धारण गरिएको जवाफ दिएको पराजुलीले जानकारी दिए ।

“सञ्चार माध्यम र सामाजिक सञ्जालमा त्यसबारेमा कुराहरु आएपछि आज हामीले दुवै अस्पतालका व्यवस्थापकहरुलाई बोलाएर सोधेका छौँ । त्यसको आधिकारिक धारणा आउनेनैछ ।” उनले भने- “तर उनीहरुले स्वास्थ्य मन्त्रालयसँग भएको सहमती अनुसारकै शुल्क लिँदै आएको बताउनुभएको छ । त्यसबारेमा अझै हामी बुझ्ने कोसिसमा छौँ ।”

केएमसी र ह्याम्स अस्पतालले दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालले ५० हजारसम्म शुल्क लिने बताएका थिए । त्यसको चौतर्फी विरोधपछि प्रशासनले स्पष्टीकरण सोधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?