काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड संक्रमणसम्बन्धी समाचार संकलनका लागि विभिन्न अस्पताल र पशुपति क्षेत्र पुगेका पत्रकारलाई अवरोध भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका बारेमा समाचार संकलन गर्न पुगेका र अन्तिम संस्कारको फोटो खिच्नका लागि पशुपति क्षेत्रमा पुगेका पत्रकारलाई पशुपति क्षेत्र विकास कोष, अस्पताल प्रशासन र प्रहरीबाट समाचार संकलनमा रोक लगाउने काम भइरहेको भन्दै महासंघले बुधबार एक विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘कोभिड संक्रमणको दर वृद्धि हुँदै गएपछि मुलुकमा यतिखेर निषेधाज्ञा जारी गरिएको छ । यो अवस्थामा कोरोना संक्रमणका बारेमा सन्देशमूलक र सूचनामूलक सामग्री तथा कोरोना संक्रमितका बारेमा यथार्थ समाचार प्रवाह गरेर नागरिकलाई सुसूचित र सचेत गराउने कर्ममा जुट्नु प्रेसको दायित्व हो’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही दायित्व निर्वाहका लागि कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरी र अस्पताल प्रशासनबाट समाचार संकलनमा रोक लगाइएको यो घटना आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’
महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पु¥याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गरदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
साथै, महासंघले कोरोनासम्बन्धी समाचार सामग्री प्रवाह गर्दा मानवीय संवेदना र पत्रकार आचारसंहितालाई ध्यान दिन पनि सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया