लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लालाई कोरोना नियन्त्रणका लागि खर्च गर्नेगरी ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश भित्रका १२ वटै जिल्लालाई ७९ लाख रुपैयाँ कोरोना महामारी नियन्त्रणका लागि खर्च गर्नेगरी दिने निर्णय गरिएको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । सो रकम डीसीसीएमसी मार्फत सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरि उपलब्ध गराइने उनको भनाई छ ।
सो रकमबाट कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाको लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराइने बताइएको छ । त्यसैगरी कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७/७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा, प्युठान र रुकुम पूर्वलाई ५/५ लाख जिल्ला विपत व्यवस्थापन समितिलाई छुट्याइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया