काठमाडौं । भारतबाट आउने पर्यटकलाई विभिन्न ८ होटलमा राखिने भएको छ ।
सरकारले भारतीय पर्यटकलाई राख्न काठमाडौंका ८ होटलका ४ सय २८ वटा कोठा तयार पारेको जनाएको छ ।
संकृती पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका अनुसार गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशलाको आमादब्लम, रिडर्स इन, आनन्द आश्रम र जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट क्वारेन्टनका रुपमा तयार भएका छन् ।
मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्गबाट नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार भारतीय पर्यटकका लागि लागि होटल तयार पारिएको हो ।
पर्यटकलाई एयरपोर्टबाट पिकअप, लजिङ, फुडिङसहित प्रतिदिन ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया