काठमाडौं । प्रहरीले यात्रुसँग बढि भाडा लिने एक सवारी चालकलाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ ।
बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले सवारी चालकलाई पक्राउ गरेको हो ।
कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागी परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बागलुङ भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
काठमाडौं देखि बागलुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा उनले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि हामीले नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बागलुङसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग,बसपार्कमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया