काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
वैशाख २७ गते विश्वासको मत घोषणा गरेका ओलीले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
ओलीले विश्वासको मत लिने भनेपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहयोग गर्ने देखिएको छ । यसैबीच ओलीले बोलाएको आकस्मिक बैठकलाई तथ्यपूर्ण हेरिएको छ ।
यसअघि बुधवार मात्रै ओली प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।
दलबलसहित देउवानिवास बुढानिलकण्ड पुगेका ओलीले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । तर देउवाले सरकारलाई विश्वासको मत नदिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया