स्थायी कमिटी लगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगे ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटी बैठक सकिए लगत्तै शीतल निवास पुगेका हुन् ।

आगामी वैशाख २७ गते विश्वासको मत लिन घोषणासँगै भेटघाटलाई तीव्रता दिएका छन् ।

यसैक्रममा राष्ट्रपति भेट्न शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?