काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पहाडीको ७७ वर्षका उमेरमा बुधवार राति भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पहाडी आपूर्ति र वन तथा भूसंरक्षणमन्त्री र कानून राज्यमन्त्रीसमेत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया