एनएसएल : पोखरा र चितवनलाई प्लेअफको दवाव

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक मात्र खेल हुँदै छ। दशरथ रंगशालामा पोखरा थन्डर्स र एफसी चितवन साँझ ५:३० बजे आमने सामने हुँदै छन्।

समूह चरणको यो पोखराको अन्तिम खेल हो। ५ खेलमा ५ अंकसहित पोखरा लिगको छैटौं स्थानमा छ। चितवन विरुद्ध पोखरालाई आजको जित एकदम महत्वपूर्ण रहेको छ। आज यदि पोखराले चितवनसँग हार बेहोरेको खण्डमा पोखराको प्लेअफको ढोका बन्द हुनेछ।

त्यस्तै ४ खेलमा २ अंक बटुलेर पुछारमा रहेको चितवनलाई आजको खेल उत्तिकै महत्वपूर्ण रहने छ। चितवनको अन्तिम चारको सम्भावना न्यून रहेपनि मरिसकेको भने छैन। पोखरालाई हराउँदै चितवन सो सम्भावनालाई जिवित राख्न चाहन्छ।

एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?