काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेद्वारबारे छलफल गर्न नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज मनोनयन दर्ता गरिँदैछ । तर एमालेले अझै पनि उम्मेद्वारको टुंगो लगाएको छैन ।
त्यसै विषयमा छलफलका लागि ओलीले एमाले स्थायी कमिटीका सदस्यहरुलाई अनौचारिक छलफलका लागि बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने चर्चा लगिरहेको छ । तर आधिकारीक रुपमा भने टुंग्याउन बाँकी छ । यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने संयुक्त प्यानलबाट डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया