काठमाडौं । डा. खिमलाल देवकोटाले राष्ट्रिय सभा सदस्यको उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्रवार हेटौँडामा पुगेर प्रदेश निर्वाचन आयोगको कार्यालयमा डा. देवकोटाले विपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गरेका हुन् ।
नेपाल कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल-खनाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको साझा उम्मेद्वारको रुपमा उम्मेद्वारी दर्ता गरेका हुन् ।
शुक्रवार उम्मेद्वारी दर्ता गर्ने क्रममा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानिया, बागमतीका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्केटल लगायतका नेतामहरु निर्वाचन आयोग पुगेका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादलले रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेसँगै बागमतीमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुन लागेको हो ।
त्यस्तै यता एमालेले भने थापालाई नै उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यससँगै थापा पनि मनोनयन दर्ताका लागि हेटौँडा पुगिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया