किन्ने हो सस्तो गाडी ? यस्ता छन् विशेषता

काठमाडौं – एउटा चिटिक्कको गाडी चढ्ने सपना जो कोही मानिसको पनि हुन्छ। तर महँगो गाडी चढ्न पाउने सपना सिमीत मानिसको मात्रै पूरा हुन्छ । तर आम मानिस जसले थोरै पूँजी जोहो गरेर गाडी किन्ने विचार गरिरहेका छन् । उनीहरुको लागि खुसीको खबर छ, पछिल्लो समय आम मानिसलाई लक्षित गर्दै गाडी कम्पनीहरुले सस्ता गाडीहरु पनि बिक्री गरिरहेका छन् ।

सस्तो भरपर्दो तथा टिकाउ हुने खालका गाडीहरु सुपथ मूल्यमा बिक्री भइरहेका छन् । यस्ता गाडीले आम नेपालीको गाडी चढ्ने सपना पूरा गर्ने विश्वास गाडी कम्पनीहरुको छ। त्यस्ता गाडीमा अटो लोन तथा डाउन पेमेन्टको सुविधाका कारण पनि यस्ता गाडीमा सर्वसाधारणको आकर्षण बढ्दो छ। सामान्यतया सस्तादेखि महँगा गाडीमा ३० देखि ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्थाले पनि सर्वसाधारणलाई गाडी खरिदमा आकर्षित बनाएको छ । अहिले नेपालमा सुजुकी, हुन्डाई, टाटा, टोयोटा लगायतका कम्पनीहरुले सस्तो मूल्यमा सर्वसाधारणका लागि गाडी बिक्री गर्दै आएका छन् ।

मारुती–सुजुकी अल्टो

नेपाली बजारमा सर्वसाधारणले निकै मन पराएको गाडी हो – मारुती सुजुकी । यो पछिल्लो समय निकै लोकप्रिय कारको रुपमा परिचित छ । यो उपभोक्ताले निकै रुचाएको गाडी हो । यो मारुती–सुजुकी अल्टोको ‘अपग्रेडेड भर्सन’ हो । यो गाडी ६ वटा कलरमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यसको १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको हुन्छ । साथै कारमा ३५ लिटरको पेट्रोल टयांकी रहेको हुन्छ । यस कारले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । अल्टोले शहरी क्षेत्रभित्रै १९ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । नेपाली बजारमा यसकोे मूल्य १९ लाख तोकिएको छ । अल्टो एलएक्स आईको मूल्य भने २१ लाख, भिएक्सआईको मूल्य २३ लाख रुपैँया रहेको छ ।

हुण्डाईको इओन

मारुती सुजुकी अल्टो जस्तै हुण्डाई इओन पनि नेपालमा निकै रुचाईएको गाडी हो । यस कम्पनीले सर्वसाधारणलाई सस्तो र सुलभ मूल्यमा गाडी उपलब्ध गराउँदै आएको छ। डिजाईन निकै उत्कृष्ट तथा सस्तो मूल्यकै कारण नेपाली उपभोक्ताबीच यो कार लोकप्रिय छ । यसको गाडीको ८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स रहनु मूख्य विशेषता हो। नेपाली बजारमा इओन डिलाइटको प्रारम्भिक मूल्य १८ लाख ९६ हजार रुपैयाँ रहेको छ। त्यस्तै, फुल अप्सनको इओनको काडीको मूल्य २३ लाख रुपैयाँसम्म पर्ने गर्छ ।

टाटा टियागो

केहि वर्ष अघि मात्रै नेपाली बजारमा प्रवेश गरेको यो कार नेपाली उपभोक्ताबीच छोटै समयमा लोकप्रिय भएको छ । टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस ब्राण्डको गाडीलाई नेपाली बजारमा ल्याएको हो । यस ब्राण्डका गाडीहरु स्ट्राइकर, सनब्रस्ट, ब्ल्यू, ओरेन्ज, बेरी रेड, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध छ । उत्कृष्ट डिजाइनका साथै विभिन्न आकर्षक विशेषताका कारण यस गाडीले नेपाली उपभोक्ताको मन जित्न सफल भएको हो। नेपाली बजारमा टियागोको प्रारम्भिक मूल्य २४ लाख रुपैयाँ तोकिएको छ । अन्य भेरियन्टको २८ लाख रुपैँयासम्म मूल्य तोकिएको छ । यो ब्राण्डको गाडीका १२ सय सीसीको हो ।

डाट्सन रेडी गो

नेपाली बजारमा सस्तो र भरपर्दो कारको रुपमा उपलब्ध अर्को कार हो डाट्सन रेडी गो । यस कारको ९ सय सीसी क्षमता रहेको हुन्छ । नेपालको लागि डाट्सन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यो ब्राण्डको गाडी बिक्री वितरण गर्दै आएको छ । १८५ एमएल ग्राउन्ड क्लियरेन्स, एयर व्याग, म्यान्युअल ट्रन्समिसन, एवीएस, फ्ल्ग ल्याम्प रहनु यस कारका मुख्य विशेषता हुन् । फेमिली ह्याच ब्याक कारको रुपमा चिनिने यो कारले प्रति लिटर २५ किलोमिटर माइलेज दिन्छ । यस गाडीको मूल्य नेपाली बजारमा २३ लाख रुपैयाँ तोकिएको छ । डाट्सनका अन्य भेरियन्ट गाडीहरुको मूल्य २५ देखि २८ लाख रुपैँया तोकिएको छ ।

रेनो क्वीड

नेपाली बजारमा अर्को सस्तो र लोकप्रिय गाडी हो रेनो क्वीड । यो गाडी ८ सय र १ हजर सिसीमा उपलब्ध छ । यो ह्याच ब्याक इन्ट्री लेभलको कार हो । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । यो गाडीमा क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको हुन्छ । फरक डिजाइन र माइलेजका कारण यस ब्राण्डका गाडी नेपाली उपभोक्ताविच लोकप्रिय भएका छन् । साथै एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावट पनि यस गाडीका विशेषता हुन् । नेपाली बजारमा रेनो क्वीडको न्यूनतम मूल्य २३ लाख रुपैँया रहेको छ। अन्य भेरियन्टका गाडीमा २८ देखि ३० लाखसम्म रुपैँया सम्म मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?