काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन् ।
हेल्थ एट होमसँगको सहकार्यमा सांसद थापाले आफ्ना निर्वाचन क्षेत्रका नागरिकका लागि होम आइसोलेसनको बनाएका हुन् ।
“क्षेत्र नं ४ का बासिन्दा जो संक्रमित भएर होम आइसोलेसनमा बसेका छन् । उहाँहरुको निम्ति आइसोलेसन सेवाको कार्यक्रम लिएर आएको छु । यो कार्यक्रम अन्तर्गत चिकित्सकबाट नियमित परामर्श र आवश्यक्ता भएकाहरुलाई आवश्यक चिकित्सकीय परामर्श सामाग्रीहरु समेत उपलब्ध गराइनेछ ।” एक भिडियो सन्देश सार्वजनिक गर्दै सांसद थापाले भने ।
उनका अनुसार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका बासिन्दाले ९८६०३४०८८७ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया