काठमाडौं। फ्रेंच घरेलु लिग, लिग-१ मा गए राती भएको एकमात्र खेलमा ‘लिग लिडर’ लिलले लेन्समाथि ३-० को सहज जित निकालेको छ।
लेन्सको घरेलु मैदानमा खेलिएको खेलमा लिलका बुराक यिलमाजले व्यक्तिगत २ गोल गरे। उनी लिलका लागि यस सिजन सर्वाधिक गोलकर्ता हुन्।
उक्त खेलमा यिलमाजले एक उत्कृष्ट गोल गरेका थिए। उनले २५ यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो। त्यस्तै उनले अर्को गोल पेनाल्टीमार्फत गरेका थिए। लिलको लागि तेस्रो गोल जोनाथन डेभिडले गरे।
पछिल्ला ६ खेलमा ५ जित निकालेको लिलको टोली दोस्रो स्थानमा रहेको पीएसजी भन्दा ४ अंक माथि उक्लिएको छ। तर साविक विजेता पीएसजीले १ खेल कम खेलेको अवस्था छ।
लिलले यो सिजन उपाधि जितेको खण्डमा २०१०/११ सिजन पछिको लिलको यो पहिलो उपाधि हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया