काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको छ ।
कोरोना संक्रमितहरुले अस्पतालहरु खचाखच रुपमा भरिन थालेका छन् । अक्सिजन लगायत अन्य स्वास्थ्य सामाग्रीको अभावमा देशभर कोरोना संक्रमितको अकालमै ज्यान गइरहेको समाचारहरु बाहिरिरहेका छन् ।
केहीदिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको जोखिम नियन्त्रण भन्दा बाहिर गएको बताएको थियो ।
तर यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालमा कोरोना महामारीको लडाइँ नियन्त्रणमै हरेको दाबी गरेका छन् । शनिवार (आज) सीएनएन इन्टरनेशनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्वीट गर्दै त्यसबारे जानकारी दिएका हुन् ।
त्यस्तै अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना नियन्त्रणमा सघाउनका लागि विश्व समुदायसँग अपील समेत गरेका छन् ।
सल्लाहकार थापाले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले “नेपालमा काेभिड १९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे” बताउनुभएको छ । आज अपरान्ह १२:०१ बजे CNN international लाई liveअन्तर्वार्ता दिदैं उहाँले “विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल” पनि गर्नुभएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले "नेपालमा काेभिड १९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे" बताउनुभएको छ ।
आज अपरान्ह १२:०१ बजे CNN international लाई liveअन्तर्वार्ता दिदैं उहाँले "विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल" पनि गर्नुभएको छ । pic.twitter.com/GA73vQouAh— Surya Thapa (@ThapajiSurya) May 8, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया