काठमाडौं । हालसम्म २६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै बुधवार र बिहीवार गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसअघि नै ८ सांसदहरुमा कोरोना पुष्टि भइसकेको थियो ।
संसद सचिवालय स्रोतका अनुसार २०५ सांसदको हालसम्म कोरोना परीक्षण गरिएको र ५४ जनाको अझै परीक्षण गर्न बाँकी रहेको छ ।
स्रोतले दिएको जानकारी अनुसार सांसद, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी गरी १२ सय ३५ जनाको स्बाव संकलन गरि परीक्षण गरिएको थियो । हालसम्म सबैको रिपोर्ट आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया