काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
संघले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग त्यस्तो माग गरेको हो ।
‘हाल कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभाबका कारण बिरामीहरुलाइ बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भनि सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया