नेयमार पीएसजीसँग २०२५ सम्म अनुबन्धित

काठमाडौं।  नेयमारले पीएसजीसँग आफ्नो कन्ट्रयाक्ट समय थप गरेका छन्। २९ वर्ष ब्राजिलियन स्टार नेयमारले पीएसजीसँग नयाँ सम्झौताबाट सन् २०२५ सम्म आवद्ध रहने जानकारी दिएका छन्।

सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन यूरोमा पीएसजी भित्रिएका नेयमारको भविष्यको बारे पछिल्लो समयमा धेरै प्रश्न उठेका थिए। उनी पुनः बार्सिलोना फर्किने अनुमान पनि लगाइएको थियो।

तर शनिवार उनले पीएसजीसँग नयाँ सम्झौतामा दस्तखत गरेर सबै अफवाहहरु बन्द गरिदिएका छन्।

नेयमारको नयाँ सम्झौता अनुसार उनको वार्षिक आय ३० मिलियन यूरो हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?