ला-लिगा : बार्सिलोना र एथ्लेटिको मड्रिड बराबरीमा रोकिए

काठमाडौं। शनिवार राती सम्पन्न ला-लिगा खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले गोलरहित बराबरीको खेल खेलेका छन्।

बार्सिलोनाको घरेलु मैदान ‘क्याम्प नौ’ मा खेलिएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। अधिकतम समय बार्सिलोनाले बल पोसेशनमा हैकम जमाएर १२ शट प्रहार गरे पनि घरेलु टोलीले अग्रता भने लिन सकेन।

उता सन् २०१४ पछिको पहिलो उपाधि दाउमा रहेको एथ्लेटिको मड्रिडले पनि आफ्ना ११ शटमा कुनै पनि गोल भेट्टाउन सकेन।

यस बराबरीसँगै ला-लिगाको उपाधि रेस झन् प्रतिस्पर्धात्मक भएको छ। ३५ खेलमा ७७ अंक सहित एथ्लेटिको शीर्ष स्थानमा कायमै छ भने ३५ खेलमा बार्सिलोनाको ७५ अंक रहेको छ। बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।

उता १ खेल हातमा रहेको रियल मड्रिडलाई भने यी दुई टोलीको बराबरीले फाइदा भएको छ। ३४ खेलमा ७४ अंक रहेको रियल मड्रिडले अर्को खेलमा जित निकालेको खण्डमा अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ। रियलले आईतवार राती सेभियासँग प्रतिस्पर्धा गर्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?